बाँकेमा जेठ ३ गतेसम्मका लागि निषेधज्ञा थप

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार १४:२०
 


नेपालगञ्ज : कोरोना संक्रमण अप्रत्याशित रुपमा बृद्धिभएपछि बाँकेमा जारी निषेधज्ञा आगामी जेठ ३ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमण बृद्धिका कारण असहज बन्दै गईरहेको परिस्थितिलाई मध्येनजर गर्दै थप एक हप्ताका लागि निषेधाज्ञा जारी गरीएको जनाएको छ ।

संक्रमणको चेनब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरिए पनि संक्रमणले झनै भयावह रुप लिन थालेपछि निषेधाज्ञा जेठ ३ गतेसम्मका लागि थप गरिएको हो ।


बाँकेमा संक्रमण तिब्ररुपमा बढीरहेको कुरालाई गम्भीरता पुर्वक लिदै संक्रमण रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन जेठ ३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए ।

यसअघि बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । संक्रमण नियन्त्रणमा नआएपछि हप्ता दिनको समय तोकेर तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारद्वारा ८४ वर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम बँकेमा प्रभावकारी बन्दै

२७ बैशाख २०७८, सोमबार १४:२०
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै गएको छ । प्रदेश सरकारले तीन वर्ष अघि सुरु गरेको यो कार्यक्रमका लाभग्राहीले सेवालाई अझ प्रभावकारी र गुणस्तरिय गराउदै लैजान सुझावसमेत दिएका छन । लुम्बिनी […]