बाँकेमा १ संक्रिमत थपिँदा १ जना डिस्चार्ज

सदरलाइन संवाददाता १८ मंसिर २०७८, शनिबार १७:११
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा २१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ ।


बागेश्वरी ल्यावमा भने नमुना जाँच भएन् । संक्रमण पुष्टि भएका व्यक्ति बाँकेका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६४ पुगेको छ ।

यस्तै शनिवार बाँकेमा १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ११३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा अध्यक्षमा लिङदेन बिजयी

१८ मंसिर २०७८, शनिबार १७:११
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेन बिजयी भएका छन् । पहिलो पटक प्रतिश्पर्धा गरेका उनले राजनीतिका पुराना खेलाडि समेत रहेका अध्यक्ष कमल थापालाई पराजित गरेका हुन् । राप्रपा अध्यक्षका लागि खसेको कूल ३ हजार ८ सय ७३ मत मध्ये लिङ्देनले १ हजार ८ सय १७ मत […]