काँग्रेस बाँकेको अधिवेशन फेरि सर्यो

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १६:२८
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको अधिवेशन फेरि सरेको छ । राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी अब माघ १५ गते जिल्ला अधिवशेन हुने गरी तालिका संशोधन गरिएको नेपाली कांग्रेसको केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

सचिव केशब रिजालले बुधवार एक प्रेस विज्ञप्ती जारी गरेर अधिवेशन सारिएको जानकारी दिए । यसअघि बाँकेसहित कैलाली, अछाम लगायत १६ जिल्लाको अधिवेशन यही पुष २७ गते तोकिएको थियो ।


राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुँदैछ । बाँकेमा संस्थापन इतर समूहबाट नारायणप्रसाद गौडेल नेतृत्वको टिम मतदाता भेटघाटमा व्यस्त छ । तर संस्थापन समूहमा भने अझैपनि उम्मेदवार टुंगो लाग्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेसिभीको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु

२१ पुष २०७८, बुधबार १६:२८
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा जेसिभीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे १ क ७१५ नम्बरको जेसिभिले ठक्कर दिँदा सोही उद्योगमा काम गर्ने भारत बहराईच रामपुर बस्ने २९ वर्षीय बिनोद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ । जेसिभीको ठक्करबाट गम्भीर […]