सदरलाइनडटकम
२७ कात्तिक, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालय कोहलपुरको टोलीले नेपालगन्जको धम्बोझीचोक नजिकबाट सम्भुप्रसाद आचार्यलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण नेपालगन्जमा कार्यरत प्रहरी जवानलाई सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तियारको कब्जामा परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्र्पक कार्यालयका प्रमुख इश्वर कार्कीका अनुसार प्रहरी जवानका साथबाट ७ हजार रुपैया लिईराखेको अबस्थामा पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण कारकादो नेपालगन्जमा कार्यरत छन । सेवाग्रहीबाट रुपैडिहाबाट ल्याएको समान नेपाल ल्याउन सहयोग गरे बापत सो रकम लिएको प्रमुख कार्कीले उल्लेख गरे । प्रहरी जवानलाई अख्तियारको नियन्त्रणमा दिई थप अनुसन्धान भैरहेको छ ।
