बाँकेमा शुक्रवार ४ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता १७ मंसिर २०७८, शुक्रबार १३:१७
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४० नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


भेरी अस्पतालमा २२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला अस्पताल दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

१७ मंसिर २०७८, शुक्रबार १३:१७
नेपालगञ्ज : जिल्ला अस्पताल दैलेखमा शुक्रवारदेखि दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । नारायण नगरपालिकाको आयोजना, जेश्वर अफ काइन्डनेसको सहकार्य र एनएमबी बैंक दैलेख शाखाको सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । वरिष्ठ विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परिक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिने जेश्वर अफ काइन्डनेसका उपाध्यक्ष […]

सम्बन्धित