बाँकेमा कोरोनाका ४ संक्रमित थपिए

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १५:३७
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो ।


बागेश्वरी ल्यावमा भने नमुना जाँच भएन् । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६३ पुगेको छ ।

भेरी अस्पतालमा उपचार गराइएका मध्ये ५ जना सिकिस्त छन् । ३ जना भने मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा भेटिएको शवको अझै पहिचान भएन

१६ मंसिर २०७८, बिहीबार १५:३७
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँके अगाडी वेवारिसे अवस्थामा भेटिएको शवको अझै पहिचान हुन सकेको छैन् । प्रहरीका अनुसार उक्त शव बुधवार मध्यान्ह नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटिमा फेला परेको थियो । अन्दाजी ६१ वर्षीय ती पुरुषको नामथर र वतन नखुलेको मुस्लिम समुदायको शव सनाखतका लागि […]

सम्बन्धित