बाँकेको डुडुवामा अत्याधुनिक कोल्डस्टोर निर्माण गरिदै

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार ११:४२
 


डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा पालिकाकै सबै भन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्णको लागि शिलन्यास गरिएको छ । डुडुवा गाउपालिका–६ हिरिमिनियामा निमार्ण थालिएको सातसय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरको कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताए । उनले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने दाबी गरे । अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।


करिब १३ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिए ।

कोल्डस्टोरको निमार्णपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताए । उनका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो । गाउँपालिकाको पहिलो ठूलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ । साmे भवन अहिले निमार्णधिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमार्ण सकिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

१६ मंसिर २०७८, बिहीबार ११:४२
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बढैयाताल गाउँपालिका–७ बर्दियाका ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । यही मंसीर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई सोही दिन […]