कार्तिके वर्षातले बाँकेमा २ अर्बको धान नष्ट

सदरलाइन संवाददाता १५ मंसिर २०७८, बुधबार १६:१९
 

नेपालगञ्ज : कातिक पहिलो साता भएको बेमौसमी वर्षासँगैको डुवानले बाँकेमा झन्डै दुई अर्व बराबरको धानखेती नष्ट भएको तथ्याङ्क संकलन गरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार जिल्लामा १ अर्व ९७ करोड मूल्य बराबरको धानखेती नोक्सानी भएको हो । बेमौसमी पानीले बाँकेमा आधा बढी धान नोक्सान भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बाँकेमा करिब २० हेक्टरमा लगाएको धान नोक्सान भएको जानकारी दिए । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्छ ।


उक्त डुवानले बाँके, बर्दिया, कैलालीजस्ता धेरै धान उत्पादन हुने जिल्लामा कम्तिमा १० अर्व मूल्य बराबरको धानवालीमा क्षती भएको तथ्याङ्क संकलन गरिएको छ ।

बर्दियामा ३ अर्व र कैलालीमा ४ अर्व ५० करोड मूल्य बराबरको धानवाली नोक्सान भएको छ । सरकारले क्षतीको सबै विवरण संकलन गरेपनि किसानलाई क्षतीपूर्ति दिन भने सकेको छैन् । सरकारले एक जना किसानलाई ५५ हजार बढी क्षतीपूर्ति दिने भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक भारतीयसहित तीन जना ब्राउनसुगर सहित पक्राउ

१५ मंसिर २०७८, बुधबार १६:१९
बर्दिया : बर्दिया प्रहरीले छुट्टाछुट्टै स्थानबाट एक भारतीय सहित दुई नेपाली नागरिकलाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका वडानं.५ बाट भारतको बहराईच जिल्ला तहशिल मिपुरुवा […]

सम्बन्धित