एक भारतीयसहित तीन जना ब्राउनसुगर सहित पक्राउ

सदरलाइन संवाददाता १५ मंसिर २०७८, बुधबार १९:१५
 


बर्दिया : बर्दिया प्रहरीले छुट्टाछुट्टै स्थानबाट एक भारतीय सहित दुई नेपाली नागरिकलाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरी बर्दिया र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका वडानं.५ बाट भारतको बहराईच जिल्ला तहशिल मिपुरुवा सुजौली थाना फकिरपुर बस्ने बर्ष २२ को रोहितकुमार गुप्ताका साथबाट १८ ग्राम ७ सय ६० मिलिग्राम लागु औषध (ब्राउनसुगर) फेला पारेको जनाएको छ ।

प्रहरीले सो लागु औषध सहित गुप्तालाई मंगलबार नियन्त्रणमा लिएको जनाएको छ । बर्दिया प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले प्रारम्भिक अनुसन्धानमा निज गुप्ता लागु औषध (ब्राउन सुगर) को कारोबारी रहेको भन्ने बुझिएको र निजलाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य अगाडि बढाएको बताए ।


यसैगरी बर्दिया प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको सयुक्त प्रहरी टोलीले बढैयाताल वडानं. ७ कर्णालीपुर स्थित फुटाह–कण्ठपुर सडकमा रहेको कर्णालीपुलमा बेलुका सवा ५ बजेको समयमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा बर्दिया बढैयाताल गाउपालिका वडा नं.०२ सितापुरको बर्ष २२ को प्रदिप सुनार र वडा नं.०७ बस्ने बर्ष २१ को बिशाल सिंह ठकुरीको शरिर खानतलासी गर्दा ९ सय ६० मिलि ग्राम लागु औषध (ब्राउनसुगर) फेला परेको जनाएको छ ।

प्रहरीले सो लागु औषध सहित दुवै जनालाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको डुडुवामा अत्याधुनिक कोल्डस्टोर निर्माण गरिदै

१५ मंसिर २०७८, बुधबार १९:१५
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा पालिकाकै सबै भन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्णको लागि शिलन्यास गरिएको छ । डुडुवा गाउपालिका–६ हिरिमिनियामा निमार्ण थालिएको सातसय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरको कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको […]