सदरलाइनडटकम,
काठमाण्डौ : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको छ । न्युट्रल भेन्यु भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो ।
विश्वकप छनोट चरणमा नेपाल कुवेतसँगको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको थियो । कुवेतका बदर अल मतवाले २८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै कुवेतको पाँच खेलबाट १० अंक प्राप्त गरेको छ भने चौथो स्थानमा रहेको नेपालको तीन अंक छ ।
खेल नेपालको पहिलो घरेलु खेल हो । नेपाल र कुवेतबीचको खेल यही मंसिर ३ गते दशरथ रंगशालमा हुने तय भएको थियो । तर नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण नभएपछि नेपाल र कुवेतले न्युट्रल भेन्युको रुपमा भुटानमा खेल्न लागेको हो ।
