भेरी अस्पतालमा प्लाज्मा थेरापीको तयारी तीव्र

८ भाद्र २०७७, सोमबार १५:२७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले प्लाज्मा थेरापीमार्फत कोरोना संक्रमितको उपचार गर्ने तयारी तीब्र पारेको छ । अस्पतालमा प्लाज्मा थेरापीमार्फत उपचारको तयारी तीब्र पारिएको मेडिकल विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट फिजिशियन डा. राजन पाण्डेले बताए ।

जटिल समस्या भएका विरामीको उपचारका लागि आइसियू र भेन्टीलेटरको ब्यवस्था गरिएको बताउँदै उनले प्लाज्मा थेरापीबाट उपचार गर्न चिकित्सक तयारी अवस्थामा रहेको जानकारी दिए । बाँकेमा फेला परेका कोरोना संक्रमितमध्ये दुई जनाको अवस्था गम्भीर भएको बताउँदै उनले दुबै जनालाई अक्सिजन दिएर उपचार भइरहेको बताए ।


प्लाज्मा थेरापी विधिबाट उपचार प्रभावकारी देखिएपछि भेरी अस्पतालबाट पनि सेवा शुरु गर्न लागिएको उनले बताए । स्वास्थ्य मन्त्रालयले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिएको छ ।

अस्पतालका कन्सल्टेन्ट फिजिसिशन डा. खगेन्द्रजंग शाह प्लाज्मा थेरापीको विज्ञको रुपमा नियुक्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

Next Post

बाँकेमा सोमवार ६ कोरोना संक्रमित थपिए

८ भाद्र २०७७, सोमबार १५:२७
नेपालगञ्ज : बाँकेका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल र वागेश्वरी डायग्नोस्टिकमा सोमवार गरिएको परीक्षणमा ६ जनालाई संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय बाँकेका फोेकल पर्सन नरेश श्रेष्ठका अनुसार कोहलपुरका २ र नेपालगञ्जका २ तथा वागेश्वरी डायग्नोस्टिक ल्याबको परीक्षणमा नेपालगञ्जका २ जनामा संक्रमण देखिएको हो । […]