बर्दियाका तीन जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता ९ मंसिर २०७८, बिहीबार १४:०९
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ८० नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै भेरी अस्पतालमा ३५ र बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीवार संक्रमण पुष्टि भएका तीनै जना बर्दियाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५९ पुगेको छ ।

यस्तै बिहीवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिलाको मृत्युपछि लम्की बजार तनावग्रस्त

९ मंसिर २०७८, बिहीबार १४:०९
नेपालगञ्ज : ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि बजारमा तनावग्रस्त बनेको हो । मृतक महिलाको सनाखत भएको छैन । मृत्युपछि स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भीड […]