रुकुम जादै गरेको बस दुर्घटना हुँदा ४ को मृत्यु

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार ११:०१
 

नेपालगञ्ज : रुकुम जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै बुधवार बिहान ६ बजे बस दुर्घटना भएको हो ।

दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउने मध्य रुकुम पश्चिम घर हुने २७ वर्षीय कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत भइनसकेको ट्राफिक प्रहरी कार्यालय नवलपरासी पश्चिमका ट्राफिक प्रहरी निरीक्षक बासु नेपालले जानकारी दिएका छन् ।


उनका अनुसार बसमा अन्दाजी ४५ यात्रु रहेको र ति मध्ये ३५ जना भन्दा धेरै घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरि केहिलाई बुटवल र केहिलाई स्थानीय चिसापानी अस्पतालमा पठाईएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अंजनीमाता रसोईलाई अनेरास्ववियुको सहयोग

५ जेष्ठ २०७८, बुधबार ११:०१
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा संचालित अंजनी माता रसोई सुन्दरकाण्ड मित्र मण्डललाई सहयोगी हातहरुले सहयोग गर्ने क्रम जारी छ । अस्पतालका विरामी, कुरुवा तथा निषेधाज्ञाको कारण खाना खान समस्यामा रहेकाहरुका लागि २० रुपैयामा एक छाक खाना खुबवाउदै आएको अंजनी माता रसोईलाई पछिल्लो समयमा एमाले निकट अनेरास्ववियुले पिउने पानी, विस्कुट र […]