दैलेखमा जीप दुर्घटना, दुईजनाको मृत्यु

सदरलाइन संवाददाता ४ जेष्ठ २०७८, मंगलवार १०:४०
 

दैलेख : दैलेखको दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप मंगलबार बिहान साढे ६ बजे दुर्घटनामा परेको हो । ब्रेक फेल भई जिप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जिप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार जिपमा दुईजना मात्र थिए । निषेधाज्ञाको बेला उक्त जिप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा अहिलेसम्मकै धेरै संक्रमितको निधन

४ जेष्ठ २०७८, मंगलवार १०:४०
काठमाण्डौ : छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन । यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो । […]