कोरोनाबाट बाँकेमा दुई जनाको मृत्यु

सदरलाइन संवाददाता ५ मंसिर २०७८, आईतवार १३:३०
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–५ बाँकेका ६८ वर्षीय पुरुष र गढवा गाउँपालिका–७ दाङका ४९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

बैजनाथका पुरुष कार्तिक ३० गते कोभिड पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार राती ११ बजे मृत्यु भएको हो ।


त्यस्तै गढवा गाउँपालिका–७ दाङका महिलालाई कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि उनी त्यसैदिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको आइतवार बिहान ३ बजे मृत्यु भएको केन्द्रले जनाएको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४३३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री अथकले गरे राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यास

५ मंसिर २०७८, आईतवार १३:३०
कोहलपुर (बाँके) : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको आइतवार शिलान्यास गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् । मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला […]