मुख्यमन्त्री पोखरेल सार्वजनिक बसमा पुगे लुम्बिनी

४ जेष्ठ २०७६, शनिबार १६:३४
 

सदरलाइनडटकम,
बुटवल : मुख्यमन्त्रीलाई सरकारले गाडी सुविधा दिएको छ । आफ्नै गाडीमा सुरक्षाकर्मीको टोली अघिपछि लाउँदै मुख्यमन्त्रीहरु हुइँकिन्छन् । शनिवार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगे । रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुगेका हुन् ।
लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बस बुटवल लुम्बिनी चल्नेछन् । ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री बनाउन जरुरी रहेको बताए ।
उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज बिश्वास समेत ब्यक्त गरे । यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको हो ।
ती बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ । गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

Next Post

बाँकेमा पनि मनाइयो बुद्ध जयन्ती

४ जेष्ठ २०७६, शनिबार १६:३४
सदरलाइनडटकम, नेपालगञ्ज : शान्तिका अग्रदूत भगवान वुद्धको २५६३ औ जयन्ती नेपालगञ्जमा पनि शनिवार भव्यताका साथ मनाइएको छ । सो अवसरमा बागेश्वरी मन्दिर परिसरमा रहेको वुद्ध विहार मन्दिर र न्यू रोडमा रहेको वौद्ध गुम्वाबाट विभिन्न भेषभूषामा सहभागीहरु झाँकीसहितको र्यालीले नगर परिक्रमा गरेको थियो । यशोधरा वौद्ध महिला संघ तथा झिगु शाक्य […]

सम्बन्धित