नेपालगञ्जमा आपातकालिन रक्तदान

सदरलाइन संवाददाता ३० कार्तिक २०७८, मंगलवार १३:४४
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार आपातकालिन रक्तदान कार्यक्रमको गरिएको छ ।

रगत चरम अभाव भएपछि रक्तसंचार केन्द्रको आव्हानमा लाइन्स क्लव अफ नेपालगञ्ज बजार र डोनर ग्रुप नेपालगञ्जले आपत्तकालिन रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ५५ जनाले गरेको रक्तदानमा पहिलो पटक रगत दान गर्नेदेखि ८८ पटक रक्तदान गर्नेसमेत सहभागी थिए ।

रक्तदानको सहकार्य भने बाँकेका क्षेत्रका समस्त लियो क्लव, रक्तसंचार केन्द्र र कशौधन बैश्य समाज नेपालगञ्ज र नेपालगञ्ज ग्यालरीले गरेका थिए भने सहयोग न्यू नेपाल अटो पार्टस्ले गरेको बताइएको छ ।


दशैं तिहारपछि बाँकेमा नियमित रक्तदान गर्नेको संख्या घटेको र बिरामीको संख्या बढेका कारण अहिले केन्द्रमा रगतको चरम अभाव भएको प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।

केन्द्रबाट सोमवारमात्रै ५८ पिन्ट रगत पूर्ति भएको थियो । रक्तदान गर्ने भन्दा रगत लिनु पर्नेको संख्या धेरै भएपछि केन्द्रमा रगत अभाव चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ संक्रमित थपिए, ४ डिस्चार्ज

३० कार्तिक २०७८, मंगलवार १३:४४
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरीमा १७ नमुना जाँच्दा २, कोहलपुर मेडिकल कलेजमा २१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण […]