बाँकेमा ३ संक्रमित थपिए, ४ डिस्चार्ज

सदरलाइन संवाददाता ३० कार्तिक २०७८, मंगलवार १६:२८
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ५५ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरीमा १७ नमुना जाँच्दा २, कोहलपुर मेडिकल कलेजमा २१ नमुना जाँच्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा १७ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ४१ पुगेको छ ।

यस्तै मंगलवार ४ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिटर नपाउँदा राप्तीपारी बत्ती बाल्ने सपना अधुरै

३० कार्तिक २०७८, मंगलवार १६:२८
नेपालगञ्ज : बर्षौंसम्म बत्तीको पखाईमा रहेका बाँकेको राप्तीपारीका स्थानीयहरु अहिले मिटर नपाउँदाको पीडा खेपिरहेका छन् । बिद्युत बिस्तार भएपनि प्राधिकरणले मिटर उपलब्ध गराउन नसक्दा राप्तीसोनारी र नरैनापुरका करिब आधा बढी घरधुरीले बत्ती बाल्न पाएका छैनन् । बत्ति जोड्नका लागि मिटर माग गर्दै गत बैशाखमा बिद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जमा आवश्यक […]