एक सय तीस मजदुरको स्वाब संकलन

८ श्रावण २०७७, बिहीबार १३:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : दैनिक ज्याला गर्ने मजदुरहरुको स्वाब संकलन गरिएको छ । नेपालगञ्जको त्रिभुवन चोकबाट दैनिक ज्याला मजदुरी गर्ने १ सय ३० जनाको स्वाब संकलन गरिएको हो ।
बिहीवार विहान त्रिभुवन चोक पुगेर स्वास्थ्यकर्मीको टोलीले पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलगायतको उपस्थितिमा स्वाब संकलन गरिएको हो । दैनिक ज्याला मजदुरी गर्ने सर्वसाधारण दिनहुँ विहान त्रिभुवन चोकमा जम्मा हुने गर्दछन् ।

Next Post

बनकट्टी कृषिस्मार्ट गाउँलाई कृषि उपकरण बितरण

८ श्रावण २०७७, बिहीबार १३:०७
सदरलाइनडटकम, डुडुवा (बाँके) : पाँच नंम्बर प्रदेश सरकारको कृषि स्मार्ट गांउ कार्यक्रम अन्तर्गत डुडुवा गांउपालिका वडान. ३ का किसानहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणाली अपनाउने प्रदेश सरकारको नीति अनुसार किसानलाई प्रबिधिसंग जोड्न कृषि स्र्माट गाउको अवधारणा ल्याईएको हो । बाँके निर्बाचन […]

ताजा अपडेट