बाँकेमा सोमवार १२ जनामा कोरोना पुष्टि, ३ डिस्चार्ज

सदरलाइन संवाददाता २९ कार्तिक २०७८, सोमबार १५:३३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा ८४ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ४३ नमुना परीक्षण गर्दा ८, कोहलपुर मेडिकल कलेजमा २९ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा १२ नमुनाह परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ३९ पुगेको छ ।

यस्तै सोमवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखनविरुद्ध नाकामा सचेतिकरण कार्यक्रम

२९ कार्तिक २०७८, सोमबार १५:३३
नेपालगञ्ज : बाँकेको जमुनाहा नाकामा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सोमवार सचेतिकरण कार्यक्रम गरिएको छ । शान्ति पुनःस्थापना गृह र इप्रका जमुनाहाको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनःस्थापना गृहका बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिए । कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले २१ […]