मानव बेचविखनविरुद्ध नाकामा सचेतिकरण कार्यक्रम

सदरलाइन संवाददाता २९ कार्तिक २०७८, सोमबार १५:४१
 

नेपालगञ्ज : बाँकेको जमुनाहा नाकामा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सोमवार सचेतिकरण कार्यक्रम गरिएको छ ।

शान्ति पुनःस्थापना गृह र इप्रका जमुनाहाको संयुक्त आयोजनामा नाकामा बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण कार्यक्रम गरिएको शान्ति पुनःस्थापना गृहका बाँके संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारीले २१ औं सताब्दीमा मानिसले मानिसलाई बेच्ने कार्य निकै निकृष्ट भएको बताए । उनले सीमा नाकाबाट हुने मानव तस्करी रोक्नका लागि सबै एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिए ।


नेपालगञ्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले मानव बेचविखन र ओसारपसार विरुद्धको अभियानलाई सफल पार्न सबैको भूमिका जरुरी रहेको बताइन् । उनले सबैले यो मुद्दालाई प्राथमिकता दिनुपर्ने बताइन् ।

बाँकेको जमुनाहा नाका मानव बेचविखन तथा ओसारपसारका लागि प्रयोग हुँदै आएको छ । तस्कर तथा दलालहरुले विभिन्न प्रलोभनमा पारेर यो नाकाबाट मानव बेचविखन गर्ने गरेकाले सबै सजक र सतर्क हुनुपर्नेमा सम्वद्ध सरोकारवालाहरुको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीशविरुद्ध नेपालगञ्जमा पनि प्रदर्शन

२९ कार्तिक २०७८, सोमबार १५:४१
नेपालगञ्ज : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सोमवार पनि नेपाल बार एशोसिएशनको अगुवाइमा बाँकेका वकिलहरुले प्रर्दशन गरेका छन् । जबराको राजीनामा मागेर गएको १४ गतेदेखि बारले निरन्तर आन्दोलन गर्दै आएको छ । नेपाल बार एशोसिएशन उच्च अदालत बार नेपालगञ्ज र जिल्ला अदालत बारको संयुक्त आयोजनामा बाँके जिल्ला अदालत परिसरमा हातमा कालो […]