कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १७:५७
 

नेपालगञ्ज : ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

शुक्रवार अपरान्ह ४ बजे नेपालगञ्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित इप्रका कोहलपुर अगाडि अनियन्त्रित भई दुर्घटना हुँदा नेपालगञ्ज ११ निवासी अमृत गुप्ताको मृत्यु भएको हो ।


दुर्घटनामा परी मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २७ को रनवीर चपाई घाइते भएका छन् । घाइते चपाईलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाईएको छ ।

दुर्घटना हुनुको कारण मोटरसाइल तिब्र गतिमा रहेको र दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महालक्ष्मीको पूजा गरी शनिवारदेखि विजया दशमी समापन हुँदै

१० कार्तिक २०८०, शुक्रबार १७:५७
नेपालगञ्ज : नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि शनिवारदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा शनिवार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ […]