बाजुरामा दुई पुरूष मृत भेटिए

सदरलाइन संवाददाता २५ कार्तिक २०७८, बिहीबार १४:३१
 

बाजुरा : बाजुराको छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् ।

चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।


घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सस्तो मूल्यमा धान बेच्न बाँकेका किसान बाध्य

२५ कार्तिक २०७८, बिहीबार १४:३१
नेपालगञ्ज : बाँकेका किसानले सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएका छन् । कार्तिक पहिलो साता आएको बर्षाले ठूलो क्षति ब्यहोरेका किसानहरुले बचेको धान पनि सस्तो मूल्यमा विक्री गर्न बाध्य भएका हुन् । जिल्लामा कम्तीमा पनि ३० प्रतिशत धान बालीमा बर्षाले पूर्णरूपमा क्षति पुगेको थियो । व्यापारीले धान सस्तो मूल्यमा […]