सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दाबी गरेका छन् । उनले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन चुनौति दिए ।
डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा शनिवार बोल्दै उनले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भइरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गरे । पूर्वराष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको स्पष्ट पारे ।
पूर्वराष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिए । उनले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।
Next Post
नरैनापुरमा माविका छात्रालाई साईकल प्रदान
१८ फाल्गुन २०७५, शनिबार १५:०१
सम्बन्धित
-
८ बैशाख २०७५, शनिबार १८:३१
नेपालगन्ज कारागारमा निःशुल्क आँखा शिविर
-
६ मंसिर २०७७, शनिबार ०८:४१
संक्रमित ४२ जनाको अवस्था चिन्ताजनक
-
२० माघ २०८०, शनिबार १४:१२
समुदायमा जलन व्यवस्थापन तालिम
-
१९ पुष २०७९, मंगलवार १४:११
लुम्बिनी प्रदेशको मुख्य उपलब्धी स्थायी राजधानी कार्यान्वयन
-
१० चैत्र २०७८, बिहीबार १९:३०
संघीय सरकारको ३५ लाख बजेटबाट ब्यापारिक भवन निर्माण सुरु