सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो

सदरलाइन संवाददाता २१ कार्तिक २०७८, आईतवार १५:१८
 

नेपालगञ्ज : आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीमध्ये दुई महिलाको सनाखत भएको छ ।

सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको मृत्यु भइसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझिएको छ । घाइतेको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक जनाको मृत्यु उपचारको क्रममा भएको जनाइएको छ । बाँकी सबै घाइते छन् ।

चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ । दुर्घटनामा मृत्यु हुने कसैको पनि सनाखत हुन सकेको छैन । दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीको अनुमान छ ।

सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट २ सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिवाखाजा कार्यक्रमले बाँकेको नरैनापुरमा विद्यार्थीले कक्षाकोठा भरिभराउ

२१ कार्तिक २०७८, आईतवार १५:१८
नरैनापुर (बाँके) : कुनैबेला विद्यालयमा अत्यन्तै न्युन विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउपालिकाका विद्यालयका कक्षा कोठा आजभोली भने विद्यार्थीले भरिभराउ छन् । बाँकेको नरैनापुर गाउपालिकामा रहेका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याईएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित बृद्धि भएको हो । नरैनापुर–६ जमुनीकी हंसकुमारी […]

ताजा अपडेट