नेपालगञ्जमा साढे ४ लाख नगदसहित ४८ जुवाडे पक्राउ

सदरलाइन संवाददाता २० कार्तिक २०७८, शनिबार १५:१४
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले नेपालगञ्जको एक जुवाखालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित ४८ जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले एकै पटक एउटै जुवाखालबाट यति ठुलो संख्यामा पक्राउ गरेको पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको टोलीले शनिवार बिहान ४ बजे नेपालगञ्ज १४ बाबुगाउँबाट जुवा भइरहेको जुवाखालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित ४८ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।


प्रहरी उपरीक्षक अधिकारीका अनुसार जुवाखालबाट पक्राउ परेका केही ब्यक्तिहरु जुवाडे नभएको पाइएको छ । उक्त जुवाखालमा जुवाडे धेरै भएपछि अन्य दुई खाल बनाएर जुवा खेलाइदै गरिएको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले भने । त्यस खालबाट केही भारतीय नागरिकहरुसमेत फेला परेका छन् ।

जुवाडे नभई दर्शक बनेकालाई छानबिन गरी छोडिने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । अन्य जुवाडेलाई जुवा ऐन अनुसार कारबाही प्रक्रिया चलाइने प्रहरी उपरीक्षक अधिकारीले बताए । जुवाडेविरुद्धको अभियान अन्तर्गत बाँके प्रहरीले कोहलपुर, खजुराका विभिन्न स्थानबाट पक्राउ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भाइटीकासँगै मधेशी समुदायमा गरियो भुर्की पूजा

२० कार्तिक २०७८, शनिबार १५:१४
नेपालगञ्ज : भाइटीकासँगै बाँकेलगायत पश्चिम तराईका जिल्लामा मधेसी समुदायमा शनिवार भुर्की पूजा गरिएको छ । दिदीबहिनीहरुले च्युरा र भुर्कीको पूजा गरेका हुन् । आफ्नो दाजुभाईको सुस्वास्थ्य, दीर्घायु, एश्वर्य र रक्षाको कामना गर्दै भुर्की पूजा गरिएको अवध संस्कृतिका जानकार विष्णुलाल कुमालले बताए । यसैगरी धनतेरसदेखि कात्तिक शुक्ल द्धितीयासम्म यमलोकको ढाको बन्द […]