कोहलपुर चौराहको ५०० मिटर वरपर गाडी रोक्न नपाईने

सदरलाइन संवाददाता २१ कार्तिक २०८०, मंगलवार १३:३१
 

कोहलपुर (बाँके) : जथाभावी गाडी पार्किङ तथा यात्रुहरू चढाउने तथा ओराल्ने काम रोकेर कोहलपुर बसपार्कबाट मात्रै बस छुट्ने र रोकिने तथा यात्रु चढाउने र ओराल्न सरोकार वाला एक मत भएका छन् ।

कोहलपुर बसपार्कमा भएको सरोकार वाला कोहलपुर नगरपालिका, इलाका प्रहरी कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागायतका सम्पूर्ण यातायात व्यवसायीहरूले यो कुरामा सहमति जनाएका छन् ।

आगामी दिनमा बसपार्कमा सबै यातायात प्रालिका कर्मचारीहरू अनिवार्य ड्रेस र आईडी कार्डमा आउनु पर्ने, गुटका खाएर जथाभावी थुकेमा कारवाहिको दायरामा ल्याइने यातायात कर्मचारीले यात्रुहरू तानातान गरेमा कार्यवाहीको दायरामा ल्याइने भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तिवारीले मर्यादित यातायात व्यवसायी र सुन्दर कोहलपुर बनाउन अभियान सुरु गरेको बताए । उनले चौराहादेखि ५ सय मिटर पूर्व पश्चिम र उत्तर दक्षिण गाडी रोकेर यात्रु चढाउने र झार्ने गरेमा प्रहरीको कार्यवाहीमा पर्ने बताए ।

उनले जथाभावी सावरी साधन रोक्दा कुरूप देखिनुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै बस पार्कदेखि मात्रै गाडी छुटाउन यातायात व्यवसायीलाई आग्रह गरिएको बताए । कोहलपुर १२ का वडा अध्यक्ष एवं कोहलपुर नगरपालिकाले गठन गरेको बसपार्क व्यवस्थापन समितका संयोजक बिरेन्द्र शाहले बसपार्क कोहलपुरको पहिचान भएको भन्दै यसलाई व्यवस्थित मर्यादित बनाउनु पर्ने बताए ।


उनले बसपार्क सञ्चालन र व्यवस्थापन गर्न नगरपालिकाले बनाएको ४१ बुँदे आचार संहिता बनाएको भन्दै त्यसको पर्ण पालना गर्न आग्रह गरे । सोको पालना नगरे कार्यवाहीको दायरामा ल्याइने बताए ।

बसपार्कको डिपिआरमा केही कमी कमजोरी भएका कारण समस्या आएको भन्दै आगामी दिनमा अपुग संरचना नगरपालिकाले निर्माण गर्ने जानकारी दिए । खानेपानी, शौचालय र उत्तर गेट कोहलपुर नगरपालिकाले निर्माण गर्ने उनको भनाई छ ।

बागेश्वरी यातायात प्रालिका मन प्रसाद आचार्यले सुन्दर कोहलपुर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने भन्दै व्यवस्थित बसपार्क सबैको चासोको विषय बन्नु पर्ने बताए । उनले यातायात व्यवसायीका तर्फबाट हुने गरेको कमी कमजोरी सच्चाएर कोहलपुर बसपार्कलाई कोहलपुरको पहिचान बनाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा मेसिनले धान काट्ने क्रममा हातनै काटियो

२१ कार्तिक २०८०, मंगलवार १३:३१
नेपालगञ्ज : बैजनाथमा धान काटने मेसिनले एक पुरुषको हात काटिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ बस्ने ४१ वर्षिय राम गोपाल थारुको हात काटिएको हो । मंगलवार बिहान करिब ३ बजे थारुले आफ्नै घरको धान काट्ने मेसिनमा धान हालने क्रममा दाहिने हात मेसीनमा परी कुम भन्दातल पूरा काटिएको […]

सम्बन्धित