नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाँकेकी ६३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।
योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय २७ जनाको मृत्यु भएको छ ।