खोरबाटै भाग्यो नरभक्षी बाघ, सतर्क रहन आग्रह

सदरलाइन संवाददाता १० चैत्र २०७७, मंगलवार १७:२४
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डिङ सेन्टरमा राखिएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले गंगलभित्र नजान स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताए । आफुहरु बाघलाई राखिएको खैरीस्थित टाईगर होल्डीङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताए ।


गत बिहीवार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो ।

Next Post

बुहारीलाई आगो लगाउने हनिफ शेष सात वर्षपछि पक्राउ

१० चैत्र २०७७, मंगलवार १७:२४
नेपालगञ्ज : सात वर्षअघि बुहारीको शरीरमा आगजनी गरी फरार भएका एक ब्यक्तिलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । दाईजोको निहुँमा आफ्नै बुहारीको शरिरमा मट्टीतेल छर्कि आगजनी गर्ने नरैनापुर गाँउपालिका वडा नं. २ का ७५ वर्षीय हनिफ शेष पक्राउ परेका हुन् । शेषलाई नरैनापुर गाँउपालिका वडा नं. १ सुईयाबाट ईलाका प्रहरी […]