नेपालगञ्ज मेडिकल कलेजको आन्दोलन स्थगित

सदरलाइन संवाददाता १० कार्तिक २०७८, बुधबार १६:३६
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ९ दिनदेखिको जारी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाइँको अध्यक्षतामा बुधवार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलन स्थगित भएको हो ।


अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टिकरण खारेज गर्नेलगायतका सहमति भएको छ । मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनको अडानबारे यर्थाथ अध्ययन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना पुष्टि

१० कार्तिक २०७८, बुधबार १६:३६
नेपालगञ्ज : बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षणल गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ […]

सम्बन्धित