बाँकेमा एक क्यासिनोबाट सात नेपाली पक्राउ

सदरलाइन संवाददाता २३ जेष्ठ २०७९, सोमबार १६:४९
 

नेपालगञ्ज : बाँके प्रहरीले होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई पक्राउ गरेकोे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगञ्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो ।


उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो । डिएसपी न्यौपानेले क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताए ।

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर, नेपालगञ्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्तव्य ज्यान र लेनदेन मुद्दामा फरार दुई जना पक्राउ

२३ जेष्ठ २०७९, सोमबार १६:४९
नेपालगञ्ज : अदालतबाट सजाय पाई फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने ३० वर्षीय कोइली भन्ने शिव कुमार बढइलाई प्रहरीले पक्राउ गरेको छ । बढईले नसालु पदार्थ सेवन गरी सोमबार नेपालगञ्ज १८ कारकाँदो स्थित ७० वर्षिय लिलावति […]