बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना पुष्टि

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १४:१६
 

नेपालगञ्ज : बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षणल गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


बिहीवार बर्दियाका एक जनामा संक्रमण पुष्टि भएको हो । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८९ पुगेको छ ।

यस्तै बिहीवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ९ पुगेको छ । यस्तै ७ जना सिकिस्त र ६ जना मध्यम विरामीको उपचार भईरहेको छ भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कोहलपुरमा भुसाल

११ कार्तिक २०७८, बिहीबार १४:१६
कोहलपुर (बाँके) : नेकपा एमाले कोहलपुर नगरपालिका कमिटीको अध्यक्षमा खिलप्रसाद भुसाल निर्वाचित भएका छन । बिहिवार सम्पन्न अधिवेशनको बन्द सत्रले भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नमप्रसाद शर्मा, सचिवमा माधव रिजाल र उपसचिवमा शान्ति सुनार र गोमा खनाल निर्वाचित भएका छन् । यसअघि कमिटीका सदस्यहरु निर्विरोध […]