प्रहरी जवान आधारभुत तालिमको दीक्षान्त समारोह सम्पन्न

सदरलाइन संवाददाता ९ भाद्र २०७९, बिहीबार १४:०२
 

नेपालगञ्ज : प्रहरी जवान आधारभुत तालिम ९–१३८ औं समुहको दीक्षान्त समारोह बिहीबार नेपालगञ्जमा सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा उक्त समारोह सम्पन्न भएको हो ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक(डिआईजी) पोसराज पोखरेलको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह गरिएको थियो ।

सो क्रममा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले आधारभुत तालिमका सहभागीलाई सपथ खुवाएका थिए ।


तालिममा उत्कृष्ठ स्थान हासिल गरेका सुर्खेत भेरीगंगा नगरपालिका निवासी प्रतिक ओली, दोस्रो स्थान प्राप्त गरेकी पुजा दसौदी, तेस्रो स्थानमा आएका यज्ञ शाही लगायतलाई प्रमुख अतिथी पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, कोहलपुर नगरपालिकाका कार्यकारी प्रमुख टिकाराम ढकाल, सञ्चारकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधी, पुर्वप्रहरी कर्मचारी, आधारभुत तालिममा सहभागी प्रशिक्षार्थीका अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अज्ञात रोगले हुम्लामा ६० पशु मरे

९ भाद्र २०७९, बिहीबार १४:०२
हुम्ला : हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् । यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ […]