रेडियो बागेश्वरी आज आफ्नो बार्षिकोत्सव मनाउँदै

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १३:०७
 

नेपालगञ्ज : लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहिलो व्यावसायिक रेडियो बागेश्वरी ९४.६ मेघाहर्ज आजदेखि १८ वर्षमा प्रवेश गरेको छ । २०६१ साल असोज २६ गते आजकै दिन विहान ११ बजेर ३३ मिनेटमा रेडियो बागेश्वरीले आफ्नो प्रशारण प्रारम्भ गरेको थियो ।

नेपालगञ्जको फुलटेक्रास्थित हडियाबाबा मन्दिर आश्रमस्थल नजिकैबाट एक हजार वाटमा प्रशारण शुरु गरेको रेडियो बागेश्वरी १८ वर्ष आइपुग्दा अहिले नेपालगञ्ज उपमहानगरपालिका १० आदर्शनगरस्थित सुविधा सम्पन्न आफ्नै भवनबाट गुञ्जीरहेको छ ।

विहान ५ बजेदेखि राती ११ बजे दैनिक १८ घण्टासम्म प्रशारण भइरहेको रेडियो बागेश्वरी समाचार, सूचना र संगीतको अनुपम संगम हो ।


प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि सदैव अडिग भएर आफ्ना प्रशारण सामग्रीलाई जनमैत्री बनाएकै कारण यसक्षेत्रका लाखौं स्रोताको ढुकढुकी बनेको छ । रेडियो बागेश्वरी व्यवसायीक भएपनि यसले आम नागरिकका सवाललाई सम्वोधन गर्दै आइरहेको छ । रेडियो बागेश्वरीले अहिले चार भाषासहित दैनिक ११ वटा समाचार बुलेटिन प्रशारण गर्दै आएको छ ।

थारु, हिन्दी, अवधिसहित नेपाली भाषामा समाचार प्रशारण हुने रेडियो बागेश्वरी यसक्षेत्रकै पहिलो र एकमात्र रेडियो हो ।

मंगलवार मनाइएको बार्षिकोत्सवका अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष राजविक्रम शाहले रेडियो बागेश्वरीले प्रशारण गर्ने सामाग्रीलाई अझ जनमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहले यहाँसम्म ल्याई पुर्याउने स्रोता, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । कार्यक्रममा सञ्चालक समितिका सदस्य पशुपति दयाल मिश्र, लक्ष्मी नारायण शाह, किरण बहादुर शाह, प्रबन्ध निर्देशक अर्जुन गिरीले शुभकामना मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघले बेपत्ता बनाएको पुरुषको शव भेटियो

२६ आश्विन २०७८, मंगलवार १३:०७
नेपालगञ्ज : बर्दियामा पाटे बाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव भेटिएको छ । पाटे बाघले बेपत्ता बनाएको ४० वर्षका जनकबहादुर थारुको शव सोमवार राति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाको गोर क्षेत्रमा फेला परेको हो । सोमवार दिउँसो गेरुवा गाउँपालिका–४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा […]