बागेश्वरी मन्दिरका महन्तद्वारा पत्रकारमाथि दुर्व्यवहार

सदरलाइन संवाददाता २५ आश्विन २०७८, सोमबार १५:३८
 

नेपालगञ्ज : पश्चिम नेपालको प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्न गएका पत्रकारमाथि मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन् । समाचार संकलन गर्न मन्दिर पुगेका कान्तिपुर टेलिभिजनका ब्यूरो प्रमुख जे, पाण्डे र संवाददाता सविता जिसीमाथि महन्त योगीले रोक लगाएका हुन् ।

पत्रकार पाण्डे र जिसी सोमवार बिहान ७ बजेको कान्तिपुर समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ पुगेका थिए । प्रत्यक्ष प्रशारण गर्ने तयारीका लागि क्यामेरा खोल्दै गर्दा महन्तले पत्रकाारिता पेशालाई तथानाम गाली गर्दै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्व्यवहार गरेको पत्रकार पाण्डेले बताए ।


यसैबीच नेपाल पत्रकार महासंघ बाँकेले समाचार संकलनमा रोक लगाउँदै पत्रकारलाई दुर्व्यवहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमवार विज्ञप्ती निकाल्दै महन्तको कदमको भत्र्सना गर्दै नागरिकको सुसूचित हुन पाउने संबैधानिक अधिकारमाथिको हनन् भएको उल्लेख गरिएको छ ।

पछिल्लो समय बाँकेमा मन्दिरका महन्तदेखि जनप्रतिनिधिसम्मले पत्रकारमाथि दुर्व्यवहार र आक्रमण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार दश जनामा कोरोना पुष्टि

२५ आश्विन २०७८, सोमबार १५:३८
नेपालगञ्ज : बाँकेमा सोमवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७८ नमुना परीक्षण गर्दा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । […]

सम्बन्धित

ताजा अपडेट