बाँकेमा आइतवार ६ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २४ आश्विन २०७८, आईतवार १५:५८
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४४ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । भेरीमा ८ र बागेश्वरीमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २९८ पुगेको छ ।

यस्तै आइतवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाम दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो

२४ आश्विन २०७८, आईतवार १५:५८
नेपालगञ्ज : अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति करिब ११ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । प्रहरीका अनुसार पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, वडा नम्बर ३ का १७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको […]