नेकपा नेपालगञ्ज उपमहानगर कमिटीद्वारा भेरी अस्पताललाई पल्सअक्सिमिटर प्रदान

सदरलाइन संवाददाता १ आश्विन २०७७, बिहीबार २२:४४
 

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालगञ्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताल कोविड–१९ आइसोलेसन केन्द्रलाई पल्सअक्सि मिटर प्रदान गरेको छ ।

कोभिड–१९ का लक्षण देखिएका विरामीको उपचारमा सहज पुराउने उद्देश्यले कमिटीले एक लाख पच्चीस हजार मुल्य बराबरको ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो ।


पार्टीको नेपालगञ्ज नगर कमिटी अध्यक्ष डिल्लीप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कलबहादुर बम, सचिव दत्तप्रदाद आचार्य लगायत नगर कमिटी सदस्यहरुले भेरी अस्पताल बिकास समिति अध्यक्ष प्रमोद धिताल समिति सदस्यहरु कृष्ण श्रेष्ठ, धनराम वली, भेरी अस्पतालका मेसु डा.प्रकाश थापा ,भेरी अस्पताल कोविड–१९ आइसोलेसन केन्द्रका प्रमुख डा. श्यामसुन्दर यादव ,नर्सिङ बिभाग प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

अस्पतालमा सञ्चालन गरिएको कोभिड–१९ आईशोलेशन वार्डमा लक्षण देखिएका कोभिडका विरामी रहेको र उनीहरुको उपचारको लागि पल्स अक्सिमिटर अत्यन्तै फलदायि हुने अस्पतालका मेसु डा. थापाले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष धितालले अस्पतालको सेवा विस्तारको लागि सबैको सहकार्यबाट मात्रै संभव भएको भन्दै अस्पताललाई पल्स अक्सिमिटर उपलब्ध गराएकोमा नेकपा नेपालगञ्ज कमिटीलाई धन्यबाद व्यक्त गरेका थिए ।

Next Post

शुक्रवार बाँकेमा ६० जना डिस्चार्ज

१ आश्विन २०७७, बिहीबार २२:४४
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ९२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाँकेमा कोरोनाबाट निको हुने दर ७७ दशमलव १० प्रतिशत रहेको छ […]