कुटपिटबाट नेपालगञ्जमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १३ पुष २०७८, मंगलवार १३:०२
 

नेपालगञ्ज : नेपालगञ्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो ।

राजुलाई पुष १० गते दिउँसो नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुटले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् ।

क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ खटिएका गार्डले कुटपिट गरेका थिए । त्यसपछि राजु घर गएका थिए । त्यसैरात उनको अत्यधिक पेट दुख्न थालेपछि उपचारका लागि भेरी अस्पतालमा पुर्याइएको थियो ।


भेरीका चिकित्सकहरुले पेटमा रक्तश्राव भएको भन्दै नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरे । राजुको उपचारकै क्रममा आइतवार राती मृत्यु भएको हो ।

कुटपिट गर्ने राजापुर नगरपालिका–४ बर्दियाका ४९ वर्षीय गार्ड श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । श्रेष्ठ तीन वर्षदेखि क्याम्पसको सुरक्षा गार्डमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ३ जनामा कोरोना देखियो

१३ पुष २०७८, मंगलवार १३:०२
नेपालगञ्ज : बाँकेमा मंगलवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा थप तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ८ नमुना जाँच्दा दुई र मेडिकल कलेज कोहलपुरमा १८ नमुना जाँच्दा एक जनामा […]