बाँकेमा ३ जना संक्रमित थपिए, १ डिस्चार्ज

सदरलाइन संवाददाता २० पुष २०७८, मंगलवार १४:३६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३० नमुना जाँच्दा २ र मेडिकल कलेज कोहलपुरमा १६ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका तीनै जना बाँकेका हुन् ।


योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय ६ पुगेको छ । यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउमै कक्षा १२ सम्म प्राविधिक कृषि पढ्न पाउदा नरैनापुरका विद्यार्थी फुरुङ्ग

२० पुष २०७८, मंगलवार १४:३६
नेपालगञ्ज : बाँकेको नरैनापुर–६ कोहलाकी करुणा विक नरैनापुर–६ मा रहेको जयकिसान माविमा प्राविधिक धारको कृषितर्फको बाली विज्ञान पढ्न पाउदा दंग छिन । दुईवर्ष अघिसम्म कक्षा १० बाटै आफ्नो पढाईमा पूर्ण बिराम लाग्ने चिन्ताले ग्रस्थ रहेकी उनी गाउपालिकाले कक्षा १२ सम्म गाउकै विद्यालयमा कक्षा सञ्चालन गरेपछि उनको भुईमा खुट्टानै छैन । […]

ताजा अपडेट