लक्ष्मीनारायण शाह कुनै नौलो नाम होइन, विद्यार्थी कालदेखि राजनीतीमा सक्रिय शाह अहिले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार हुन । शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गरि सकेका छन् । शाहले तलव भत्ता आप्mनो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्चिने घोषणा गरेका उनले पैंसा कमाउनका लागि नभएर आप्mनो क्षेत्रको विकास र सम्बृद्धिका लागि उम्मेदवार बनेको बताउने शाहको चुनावी योजनाका बारेमा गरिएको संक्षिप्त कुराकानी –
निर्वाचनको कस्तो तयारी कस्तो हुदै छ ?
तयारी तीब्र छ । विहान ५ बजेदेखि राती ११ बजेसम्म चुनावी प्रचारप्रसारमै व्यस्त भइयो । आप्mनो निर्वाचन क्षेत्रका मतदाताहरुको गुनासा सुन्ने, समस्या पहिचान गर्नेदेखि पार्टीको एजेण्डा र केही स्थानीयको आवश्यकताका आधारमा गर्नै पर्ने कामहरुको बारेमा उनीहरुसँग छलफल गर्ने काम भयो । निरन्तर भेटघाटले उनीहरुका समस्या बुझने मौका पाइएको छ ।
तपाईको उम्मेदवारी के का लागि ?
मेरो उमेदवारी भनेको विकासको लागि हो । सम्वृद्धिको लागि हो । त्यहाँको विकास निर्माण र भएका संरचनाहरु चाहे त्यो कृषिको क्षेत्रमा होस्, शिक्षाको क्षेत्रमा होस्, स्वास्थको क्षेत्र होस् या सडकदेखि पुलपुलेसा निर्माणसम्मको नै किन नहोस् । एउटा उम्मेदवार भोट माग्न जाँदा जहिले पनि मतदाताहरुले पानीकै समस्या सुनाउने ? बाटोघाटो भएन भनेर समस्या तेर्साउने ? पुलपुलेसा, विजुलीवत्ती भएन भनेरै गुनासो पोख्ने ? यो समस्याबाट मैले आप्mनो निर्वाचन क्षेत्रका मतदाताहरुलाई मुक्त गराउन चाहान्छु । म एकै पटक यि समस्या कम्युनिष्टहरुले भने जस्तो फु मन्तर गरेर समाधान भैहाल्छ भन्नेमा छैन । किनभने यि समस्या एकैपटक सम्वोधनको सम्भावना पनि छैन । तर इमान्दारिताका साथ लाग्ने हो भने स्थानीयलाई विकासमा साझेदारी गराउन सक्ने हो भने म विश्वास दिलाउन चाहान्छु पाँच बर्षमा मेरो निर्वाचन क्षेत्रमा सिंचाई, सडक, खानेपानी, विजुलीवत्तीको गुनासो हल गरेर छाड्छु ।
गिजोल्टिएको राजनीतिमा यो सम्भव छ ?
असम्भ केही पनि छैन । सम्भव भएरै मैले भनेको हो । मैले माथि पनि भने इमान्दारिता सबैभन्दा ठूलो कुरा हो । म परिवर्तन गर्न सक्छु भन्ने आट सबैभन्दा ठूलो कुरो हो । मसँग मिसन छ, भिजन छ । हेर्नुस् म युवा हुँ । तपाईलाई भन्न चाहान्छु । मलाई उक्त निर्वाचन क्षेत्रबाट विजयी बनाइयोस् मेरो नाममा आउने सम्पूर्ण सरकारी तलव भत्ता त्यहीको विकास निर्माणमा खर्च गर्नेछु । तपाईलाई स्मरण गराउन चाहान्छु । उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा माओवादी केन्द्रका पूर्णाकुमारी सुवेदी र २०७० सालमा एमालेका दलबहादुर सुनारले विजयी हासिल गर्नुभएको थियो । सुवेदीले उपसभामुखको जिम्मेवारी समेत निभाउनुभयो भने सुनारले राज्यमन्त्रीको जिम्मेवारी निभाउनुभएको थियो । सुवेदी र सुनारलाई त्यसक्षेत्रका नागरिकहरुले जिताएर त्यतीठूलो ओहादामा पठाए । उहाँहरुले विकासको रेखा समेत कोर्न सक्नुभएको देखिएन् । धुलाम्य सडक, अधुरा पुलपुलेसा देख्दै मन खिन्न् हुन्छ । गिजोल्टिएको राजनीतिले विकासमा प्रभाव पार्ने होइन् । यदि काम गर्ने दरो इच्छा शक्ती छ भने विकास असम्भव हुदै होइन् ।
तपाई निर्वाचित हुनुभयो भने के गर्नु हुन्छ ?
म निर्बाचित भए भने पहिलो प्राथमिकतामा सडक त्यसपछि पुल पुलेसा । सितापुर राधापुर जोड्ने पुल निर्माण । मानखोलामा पुल निर्माण गरेर बर्दिया जोड्ने । जिर्ण सडकलाई बलियो बनाउने । पिच सडकलाई मर्मत सुधार र कच्चीलाई ग्राविल सम्म बनाउने । ग्राविल भएका तर निकै व्यस्त सडक रहेकालाई कालोपत्रे बनाउने र सरल यातायातको व्यवस्थापन मिलाउने छु । विजुलीको पहुँच नपुगेको स्थानमा विजुली पु¥याउने छु । किसानको घर घरमा कृषि मिटरको व्यवस्था गर्नेछु । अपाङ्गता र अशक्तहरुलाईलाई सहज हुने कार्यक्रम ल्याउनेछु । आर्थिक विकास गर्ने छु । रोजगारीका अवसर प्रशस्त ल्याउने योजना बनाइसकेको छु । एक घर एक रोजगारीको व्यवस्था गर्ने गरी काम गर्ने छु । किनभने मेरो निर्वाचन क्षेत्रबाट धेरै युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई फर्काएर यही नै रोजगारी सिर्जना गर्ने खालका उद्योगधन्दा स्थापना गर्नेछु ।
प्रतिबद्धता गर्दिने तर जितेर गएपछि सबै विर्सन्छन भन्ने मतदाताहरुको गुनासो छ नि ?
मतदाताहरुको गुनासो स्वभाविक हो । घरदैलोका क्रममा पनि मलाई धेरैले त्यही भन्नुभएको छ । तपाईलाई जिताएर पठायौं भने कम्तिमा हामीलाई नर्बिसनुहोला । यसअघिका नेताहरुलाई जितायौं उहाँहरु कहिल्यै फर्किएर आउनु भएन् । हो, म त्यो संस्कार चिर्न चाहान्छु । मुलुक अव संघीय संरचनामा गइसकेको छ । तीन वटा सरकार बन्ने छन् । एउटा स्थानीय, अर्को प्रान्त र केन्द्र । अव पहिले जस्तो हुदैन् । म प्रान्तमा चुनाव लड्दैछु । यहाँका हरेक नागरिकहरुसँगै रहेर काम गर्नेछु । अर्को कुरा म यहिको बासिन्दा हुँ विकास त मेरो लागि पनि हो । पहिले जितेर गएकाले विर्से तर म विर्सने छैन । मैले देशकै नमुना क्षेत्र बनाउनेछु । नेपाली काँग्रेस प्रति मतदाता अत्यन्तै आशाबादी भएको मैले पाएको छु । र मैले पनि जनताको लागि केहि गर्ने अठोटका साथ निर्वाचनमा होमिएको छु ।
अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ?
मेरो अन्तमा एउटै भनाइ छ । यो स्थानीयतहको जस्ताको निर्वाचन होइन् । यो २०६४ साल र २०७० सालको संबिधानसभाको निर्वाचन जस्तो पनि होइन् । यो प्रजातन्त्र र लोकतन्त्र जोगाउने र मास्नेबीचको लडाइ हो अर्को भाषामा भन्ने हो भने बोल्न पाउने कि नपाउने भन्नेबीचको फैसला गर्ने बेला हो । विवेकपूर्ण तरिकाले मतदान गर्न आव्हान गर्न चाहान्छु । स्थिर सरकार र सम्बृद्धि र विकासका लागि उहाँहरु (एमाले–माओवादी)ले भन्दै आएको जस्तो होइन । यदी स्थिर सरकारकै लागि हो भने, विकासकै लागि हो भने, स्थानीय तहको निर्वाचनमा एमाले ठूलो पार्टी बनेकै होनी ? अहिले माओवादी केन्द्रसँग किन जोडिनु पर्ने ? बहुमतका नाममा उनीहरुले यो संबिधानलाई ध्वस्त पार्दै मुलुकमा अधिनायकवाद ल्याउन उद्धत छन् । त्यसैले मतदाताहरुले अधिनायकवादविरुद्ध एक भएर काँग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराउन अनुरोध गर्न चाहान्छु ।