गाउँमै पानीको धारा आएपछि रुगाबासीलाई कर्णाली नदीको दुषित पानीबाट छुटकारा

४ चैत्र २०७४, आईतवार १०:५५
 

सदरलाइन / शुभाकर विश्वकर्मा  
४ चैत, मुगु  : गाउँमा पहिलो पटक पानीको धारा निर्माण भएर पानी आउन थालेपछि छायानाथ रारा नगरपालिका–१३ रुगावासी स्थानीय खुसी भएका छन् ।
विगत लामो समयदेखि कर्णाली नदीको दुषित पानी पिउन बाध्य उनीहरु गाउँ मै धारा निर्माण पछि खुसी भएका हुन् । अव गाउँदेखि बाह्रै महिना कर्णाली नदीको दुषित पानी पिउनबाट उनीहरुलाई छुटकारा मिलेको हो ।
रुगा गाँउकी ३७ वर्षिया हरीकन्या नेपालीलाई स्थानीय सस्थाको सक्रियतामा गाउँमा पानी आएपछि अचम्म लागेको छ । आफु जन्मेदेखि नै कर्णालीको दुषित पानी पिईरहेको बताउने नेपाली मात्रै होईन यहाँका हरेक नागरिक खुसीको सिमा नै छैन अहिले ।
स्थानीय सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्रको १ लाख ९६ हजार ९ सय ६ रुपैया, गुड नेवर ईन्टरनेसनलबाट ३ लाख ७ हजार ९ सय ६ रुपैया र स्थानीय जनताको श्रमदान १ लाख ३१ हजार ८ सय ८५ रुपैया गरी जम्मा ६ लाख ३६ हजार ६ सय ९४ रुपैयाको लगानीमा रुगा गाउमा खानेपानी पुगेको हो ।
रुगा गाँउका १ सय ५० घरधुरीले पहिलो पटक धाराको पानी पिउने अवसर पाएका हुन् । यसबाट ७ सय १० जना स्थानीय लाभान्वित भएका हुन् । धारा गाउँ मै पु¥याईदिने सस्थालाई धन्यावाद दिएका छन् ।


Next Post

राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट चैत २० देखि बाँकेको कोहलपुरमा हुँदै

४ चैत्र २०७४, आईतवार १०:५५
सदरलाइनडटकम  ४ चैत, कोहलपुर (बाँके) : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बाँकेको कोहलपुरमा नवौं राष्ट्रिय बहिरा टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयूक्त आयोेजनामा प्रतियोगिता गर्न लागिएको कोहलपुरमा पत्रकार सम्मेलनमा जानकारी गराइएको हो […]