सदरलाइन / रुद्र सुवेदी,
नेपालगन्ज : लागूऔषध ओसार पसारको दृष्टिले बाँके अत्यन्तै संवेदनशिल र भयावह अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्ष यता लागू औषधको मुद्दा दर्ता हुनेदेखि पक्राउ पर्ने परिणाम र व्यक्तिहरुको संख्यामा देखिएको बृद्धिका कारण पनि बाँके अत्यन्तै संवेदनशिल रहेको हो ।
प्रहरीले चालु आर्थिक वर्षको पुस मसन्तसम्ममा लागू औषधको ओसार पसारमा संलग्न रहेको अभियोगमा ११९ मुद्दा दर्ता गर्दै १८२ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा रहेकाहरु मध्ये १६७ जना नेपाली पुरुष, ५ महिला, ९ जना भारतीय र १ जना बंगलादेशी नागरिक रहेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ८४ वटा मुद्दा र त्यसमा संलग्न १२९ जना मानिस नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको व्यरोका ईन्चार्ज तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २६९ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर, ३९ किलो ३५६ ग्राम चरेश, २ किलो ७२० ग्राम गाँजा, ५ लिटर ८ सय मिलिलिटर कोरेक्स, ५ हजार २७६ टे्ब्लेट नाईट्रोजोपाम र २४ टेब्लेट स्पास्मो बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयल बाँकेले दिएको तथ्याङ्क अनुसार लागू औषध वसारपसारमा आर्थिक वर्ष २०७२/०७३ मा ९७ वटा मुद्दामा १०८ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको देखिएको छ । प्रहरीले उनीहरुको साथबाट ५८७ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, २० किलो २ सय ग्राम चरेश, ५ किलो अफिम, २५ ग्राम गाँजा, र ९३४ ट्याब्लेट नाईट्रोजोपाम बरामद गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा लागू औषध वसार पसारको १३७ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा १८० जनालाई नियन्त्रणमा लिएर उनीहरुबाट ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउन सुगर, ५३ ग्राम अफिम, ३७ किलो १ ग्राम गाँजा, ४ लिटर २ सय मिलि लिटर कोरेक्स र ९७५ टेब्लेट नाईट्रोजोपाम बरामद गरेको थियो ।
आथिक वर्ष २०७४/०७५ लागू औषध वसारपसारमा संलग्न भएको आरोपमा १४५ मुद्दा दर्ता गरी ३१० जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार ३३४ ग्राम ४१६ मिलिग्राम ब्राउन सुगर, ८७ किलो २५० ग्राम चरेश, ६ किलो ३ सय गँम अफिम, १ सय ग्राम गाँजा, २६ सय ५० मिलि लिटर कोरेक्स र ३ हजार ५०१ टे्याब्लेट नाईट्रोजापाम बरामद भएको जनाएको छ ।
प्रहरीका अनुसार नेपालबाट गाँजा, अफिम र चरेश भारत तर्फ लैजाने र भारतबाट ब्राउन सुगर, नाईट्रोजोपाम टेब्लेट, स्पास्मो टेब्लेट र कोरेक्स जस्ता लागू औषधहरु नेपाल भित्रिने गरेको छ ।
व्यूरोका ईन्चार्ज प्रहरी निरिक्षक थापाका अनुसार लागू औषधको कारोबारी तथा सेवनकर्ता अवस्था किशोर किशोरीको संलग्नता ८० दशमलभ ५२ प्रतिशत रहेकको पाईएको बताउछन । उनले भने–‘बालबालिकादेखि युवाहरु नै बढी संलग्न रहेको पाईएको छ । १० देखि ३५ वर्ष उमेर समूहका ८० प्रतिशत भन्दा बढी रहेक छन ।’
उनले चालु अथिक वर्षको पुस मसान्तसम्म प्रहरी नियन्त्रणमा रहेकाको अवस्था १८ वर्ष भन्दा मुनीका ९ दशमलभ ७३ प्रतिशत, १८ देखि २५ वर्षका ५८ दशमलभ ४० प्रतिशत, २५ देखि ३५ वर्षका २२ दशमलभ १२ प्रतिशत, ३५ वर्षदेखि ४५ वर्षसम्म ५ दशमलभ ३० प्रतिशत र ४५ वर्ष माथी ४ दशमलभ ४२ प्रतिशतको संलग्नता रहेको बताए ।
लागु औषधको सेवनदेखि कारोवारीसम्मले सीमावर्ती क्षेत्रको फाईदा उठाउदै नेपालगन्जबाट १५ जिल्लाकै संलग्नता बढी हुने गरेको बताए । उनले चालु आर्थिक वर्षको पुससम्ममा बाँकेको ६०, सुर्खेत १५ रुकुम ६, दैलेख ६, सल्यान २, बर्दिया ३ कालिकोट २, दाङ्ग ३, जुम्ला ३, डोल्पा १,जाजरकोट २ मुगु १, कैलाली २, काठमाण्डौ १, अछाम १ र भारतीय ५ जना प्रहरी नियन्त्रणमा परेको जानकारी दिदै दुव्र्यसनी र कारोवारीले पछिल्लो समय पहाडि जिल्लामा आफ्नो सञ्जाल फैलाउन खोजेको टे«ण्ड देखिएको बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अरुण पौडेलले बाँकेमा लागू औषध नियन्त्रणको लागि तीन महनिादेखि नागरिकसंग एक मिनेट कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले भने–‘कुनै समयमा बाँके बर्दिया लागू औषधको ट्राञ्जिटको रुपमा भएको भएपनि अहिले त्यो समाप्त भएको छ । हामीले सचेतना अभियान, होर्डिङ्ग बोर्ड राख्नेदेखि विभिन्न गतिविधि आयोजना गरेर सचेत पार्दै छौ ।’ उनले सचेत पार्नेदेखि कारोवारीलाई नियन्त्रणको लागि अभियान नै सञ्चालन गरेको दाबी गरे ।