सडकभित्र रहेका अबैध घर टहरा हटाउन सडक बिभागको ताकेता

सदरलाइन संवाददाता २२ पुष २०८०, आईतवार १५:२९
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सडक सिमा भित्र भएका संरचना हटाउने सम्बन्धी सूचना जारी गरेको छ ।

सडक डिभिजन कार्यालय, बाँके अन्तर्गत रत्न राजमार्गको नेपालगञ्ज उप–महानगरपालिकाको सुर्खेत रोड गणेशमान चोकदेखि कारकाँदो चोकसम्म फूटपाथ व्यवस्थापन तथा शौन्दर्यकरण योजनाको रत्न राजमार्ग अन्तरगत पश्चिम तर्फको भागमा फुटपाथ निर्माण कार्य सुरु हुने भएको छ ।


उक्त सडकको केन्द्रबाट २१ मिटर भित्र पर्ने सम्पूर्ण संरचना, होर्डिङ्ङ्ग बोर्ड आदि हटाउनका लागि नेपालगञ्ज उप–महानगरपालिका कार्यालयबाट लगाइएको चिन्ह अवगत गरी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित मितिबाट १५ दिनभित्र स्वयम् हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

उक्त अवधिभित्र सो संरचनाहरु, होर्डिङ्ग बोर्डहरु आदि नहटाएमा कार्यालयबाट हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति आफै हुनु पर्ने तथा हटाउँदा लाग्ने खर्च समेत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) बमोजिम सम्बन्धित व्याक्तिहरुबाट नै असुलउपर गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउने तयारी

२२ पुष २०८०, आईतवार १५:२९
नेपालगञ्ज : बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटक बढाउने ‘रोड म्याप’ तयार पारेर अघि बढाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीतिसहितको ‘रोड म्याप’ कार्यान्वयन शुरु गरिएको बताए । उनले भने, […]