ब्राउनसुगरसहित बाँकेमा एक जना पक्राउ

सदरलाइन संवाददाता ६ भाद्र २०७९, सोमबार १३:०२
 

नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवन चोकबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानरपालिका वडा नं. ११ बस्ने ४९ वर्षीय कल्ल कबडियालाई १४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार, त्रिभुवन चोक नजिक लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा सोही स्थानमा शंकास्पद रुपमा फेला पारी उनलाई जाँच गर्दा कालो प्लाष्टिकले पोका पारी बनाई राखेको ३ पोका ब्राउनसुगर फेला पारी पक्राउ गरिएको हो ।


प्रहरीले उनको साथबाट ब्राउनसुगरसहित नगद नेपाली २२ हजार र भारतीय रुपैयाँ १ हजार ५०० बरामद गरेको छ ।

सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सभा सार्न लागेको भन्दै सत्ता पक्षकै सांसदको आपत्ति

६ भाद्र २०७९, सोमबार १३:०२
नेपालगञ्ज : आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी मुकाम बुटवलबाट प्रदेश सभाको कार्यालय दाङ सार्ने तयारी गरिएको भन्दै विरोध शुरु भएको छ । मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेश सभाको भवन निर्माण पूरा नभए पनि हतार–हतार दाङमा सामान सार्न कर्मचारीलाई […]