छुवाछुत अन्त्य गर्न नरैनापुरमा सहभोज

४ बैशाख २०७६, बुधबार १९:०९
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले स्थानीय तहहरुमा जिल्लामै पहिलोपटक सहभोज गरेको छ । जातीय छुवाछुत अन्त्यका लागि अभियान थालेको गाउँपालिकाले दलित सेवा संघ नरैनापुर, बाँके र तराई दलित विकास मञ्च बाँके संगको सहकार्यमा बुधवार वडा नम्बर ४ नरैनापुरमा सहभोज गरेको हो ।
स्थानीय दलित र गैर दलितलाई एकै थलोमा राखेर गाउँपालिकाले सहभोज गरेको हो । जातीय छुवाछुत र आपसी विभेद अन्त्यका लागि सोचमा परिवर्तन ल्याउने उद्देश्यले सहभोज गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । सहभोज कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज ‘अथक’ले संविधानले नै निषेध गरेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि गाउँपालिकाले थालेको अभियान सह्रानीय भएको बताए । प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले जातीय छुवाछुत र विभेद अन्त्यका लागि मानसिकतामा परिवर्तन जरुरी रहेको बताइन् ।



पूर्व संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले जातियताका आधारमा हुने भेदभाव अन्त्यका लागि गाउँपालिकाले थालेको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता रामचन्द्र मौर्य, दलित अगुवा कृष्ण विके रसाइली, दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी बहादुर विक, दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण बहादुर विक लगायतले जातीय छुवाछुत समाज विकासको वाधक भएकाले यसको अन्त्यका लागि सबैले फराकिलो सोच बनाउनु पर्नेमा जोड दिए । सहभोज कार्यक्रममा उपस्थित झण्डै ५ सय जना स्थानीयले संगै बसेर खाना खाएको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जानकारी दिए ।

Next Post

खेलकुद महाकुम्भको तयारी पुरा

४ बैशाख २०७६, बुधबार १९:०९
सदरलाइनडटकम, नेपालगञ्ज : खेलकुदको महाकुम्भका रुपमा लिइएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार समितिले बुधवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको हो । बिहीवार साँझ राष्ट्रपति बिद्यादेवी भण्डारीले एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । […]
error: Content is protected !!