सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका माथि अनुसन्धान शुरु

४ बैशाख २०७७, बिहीबार १४:२४
 

सदरलाइनडटकम,
कैलाली : कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
धनगढीकी १७ वर्षीया किशोरीलाई कैलालीको गौरीगंगा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
गत वैशाख २ गते आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

Next Post

एक दिवसीय महिला क्रिकेटमा भारत छनोट

४ बैशाख २०७७, बिहीबार १४:२४
सदरलाइनडटकम, काठमाण्डौ : भारत र पाकिस्तानबीचको एक दिवसीय क्रिकेट सिरिज रद्द भएपछि अर्को वर्ष न्युजिल्याण्डमा हुने महिला एक दिवसीय क्रिकेटमा भारत छनोट भएको छ । पाकिस्तानविरुद्धको छनोट सिरिज भारत सरकारले खेल्न अनुमति नदिए पछि रद्द भएको थियो । भारत र पाकिस्तानबीचका एक दिवसीय सिरिज गत वर्षको जुलाई र नोभेम्बरमा तय […]

सम्बन्धित