बाँकेमा १४ जनामा संक्रमण पुष्टि, ३ डिस्चार्ज

सदरलाइन संवाददाता ११ आश्विन २०७८, सोमबार १७:०५
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९८ नमुना परीक्षण गर्दा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा ४ जनामा भाइरस संक्रमण देखिएको हो ।

तीमध्ये बाँकेका ११ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २०४ पुगेको छ ।


यस्तै सोमवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७९५ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २० जना मध्यम बिरामी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद

११ आश्विन २०७८, सोमबार १७:०५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–वडा १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, बल्ब, हार्डवेयरको सामान बरामद भएको प्रहरीले जनाएको छ । १ लाख ४६ हजार मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।