निर्मला हत्या प्रकरण : प्रधानमन्त्रीलाई ज्ञापनपत्र

४ आश्विन २०७६, शनिबार १६:००
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भएको आन्दोलनमा घाइते भएकाहरुको उपचारको माग गर्दै कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
घटनाको १४ महिना बितिसक्दासमेत बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय नपाएको र घाइतेहरुको उपचारमा सरकार गम्भीर नभएको भन्दै अधिकारकर्मीसहित नेपाली कांग्रेसले शनिवार प्रमुख जिल्ला अधिकारी वैद्यमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सरकारले घाइतेप्रति दुर्व्यवहार गरेको, घाइतेहरुमा कुनै समस्या देखिए आजीवन उपचार गर्नुपर्ने र उनीहरुको जीवन निर्वाहका लागि मासिक भत्ताको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रमुख जिल्ला आधिकारी वैद्यले प्रशासनको सम्पर्कमा आएका घाइतेहरुलाई सरकारले गएको वर्ष पठाएको ६ लाख रुपैयाँ विभिन्न चरणमा वितरण गरेको बताए ।

Next Post

साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

४ आश्विन २०७६, शनिबार १६:००
सदरलाइनडटकम, काठमाण्डौ : दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् । तर अमेरिका र साउदीले आक्रमणमा […]