खजुरा गाउँपालिकाका अध्यक्षको टोलीले विद्यालय अनुगमनमा तीब्रता दिदै

१३ चैत्र २०७४, मंगलवार १७:३६
 

सदरलाइनडटकम
१३ चैत, नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आफ्ना मातहतका विद्यालयमा अनुुगमनलाई तीव्र बनाएको छ । मावि तहसम्मका विद्यालय स्थानीय तहले नै हेर्ने भएपछि शिक्षाको गुणस्तर बढाउन, विद्यालयका समस्या बुझ्न र त्यसको समाधानका उपाय खोज्न अनुगमनलाई तीव्रता दिइएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलले जानकारी दिए ।
खजुरा गाउँपालिका शिक्षा समिति प्रमुख ईशार अलि दर्जीलगायत सम्बन्धित वडाका अध्यक्षहरु अनुगमनमा सहभागी हुने गरेका छन् । मंगलवार वडा नंं. ५, ६ र ७ का विभिन्न विद्यालयको अनुगमन गरिएको छ । उढरापुरको भानु माध्यमिक विद्यालयमा भौत्तिकपूर्वाधारको अवस्था नाजुक भएको पाइएपछि गाउँपालिकाबाट २ लाख रुपैयाँ छुट्याइने अनुगमनकै क्रममा प्रमुख कक्षपतिले घोषणा गरे ।
उनले भने, ‘हामीले विद्यालयको अनुगमन गरिरहेका छौं, कुन विद्यालयमा अध्यन अध्यापनको अवस्था कस्तो छ, भौतिकपूर्वारको अवस्था के छ ती लगायतका अन्य कुराहरु गहनरुपमा अध्ययन र समाधानका लागि उपायसमेत खोजिनेछ ।’
खजुरा गाउँपालिका क्षेत्र अन्तरगत १४ मावि, ५ आधारभूत, १६ प्रावि रहेका छन् । निजीस्तरका विद्यालय पनि संचालनमा छन् । यसैवीच माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा आठको जिल्लास्तरीय परीक्षाको समेत अनुगमन गरिएको छ ।
एसइईको ज्ञानोदय मावि, जनता मावि सन्तकुटी, शुक्र मावि, आदर्श मावि र अरुणोदय माविको अनुगमन गरिएको थियो भने जनसेवा मावि, भानु मावि र गोजहना माविमा कक्षा ८ को परीक्षाको अनुगमन गरिएको प्रमुख कक्षपतिले बताए ।


Next Post

नेता भन्दा पार्टीमुखी बन्नुहोस् : प्रकाशमान सिंह

१३ चैत्र २०७४, मंगलवार १७:३६
सदरलाइन / रबिन्द्रसिंह ठकुरी १४ चैत, नेपालगन्ज : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘नेता भन्दा पार्टीको पछि लाग्न’ नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । नेताको पछि मात्र लाग्दा पार्टीले हार व्यहोर्नुपरेको भन्दै उनले ‘नेतामुखी भन्दा पार्टीमुखी’ बन्न आग्रह गरे । नेपाली काँग्रेस निकट नेपाल ट्रेड यूनियन कांग्रेस बाँकेको जिल्ला अधिबेशन […]