बैतडीको पाटन जीप दुर्घटना पाँचको मृत्यु

सदरलाइन संवाददाता २१ मंसिर २०७८, मंगलवार ११:०५
 


बैतडी : बैतडीको पाटन नगरपालिका–१ सकारमा सोमबार साँझ भएको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका– ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार खोलामा कच्ची सडकबाट करीब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० बर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।


मनिषा र प्रेमले १० दिन अघि मात्रै विवाह गरेर पाटन नगरपालिका– ७ स्थित ससुराली गइरहेका थिए । दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताए । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु

२१ मंसिर २०७८, मंगलवार ११:०५
काठमाण्डौ : सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ । सोमबार सुडानको एक गैरसरकारी संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा डारफोर क्षेत्रमा २ दिनयता भएका जातीय हिंसामा ४८ जनाको ज्यान गएको उल्लेख छ । अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस […]